रसुवामा २ किलाे सुनसहित २ जना पक्राउ
रसुवा | भदौ ३, २०८०
दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।
हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा टिमुरेकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
सुन चीनबाट तस्करी भएर आएको हो वा नेपालभित्रैबाट कारोबार भइरहेको हो भन्नेबारेमा नखुलेको पनि उहाँले बताउनुभयो ।
सुन र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

